FAQs Complain Problems

Flash News

पुथा उत्तरगङ्गा गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना

सार्वजनिक बिदा सम्बन्धी सूचना

शोक वक्तव्य

यस पुथा उत्तरगङ्गा गाउँपालिका भित्र बसोबास गर्ने भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी ३५ दिने सूचना !!!

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !!!

मृत्युदर्ता

लाग्ने समय: 
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु २००। प्रतिलिपि रु ५००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) मृतकको नागरिकता (नागरिकता बनेको भए) र सूचना दिन आउनेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र,
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र,
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र,
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमासमेत स्थानीय सर्जमिन पत्र ।

प्रक्रिया: 

१) घटना घटेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा उमेर पुगेको पुरुपमध्ये सबैभन्दा जेठो व्यक्तिले सुचना दिने,
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//