FAQs Complain Problems

Flash News

रकम निकासा तथा शिर्षक अनुसारको कार्यक्रम रकम खर्च निर्देशन सम्बन्धमा ।

सेवा करारमा शिक्षक पदपूर्ति सम्बन्धी दोस्रो पटक सूचना ।

सेवा करारमा शिक्षक पदपूर्ति सम्बन्धी दोस्रो पटक सूचना ।

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको सम्बन्धमा ।

वडा नं ४

अर्जल केन्द्र रहेको यस वडाका अन्य गाउँहरु घुन्मा,दापार्नै ,काँडा र चाँडा हुन् । यहाँ पुन र बुढा थरका मगर ,कामी , दकाई र गौचन थरका थकाली बसोबास गर्दछन् । १३.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस वडाको जनसङ्ख्या ७७२ रहेको छ । साविकको रन्मामैकोट गाविसको वडा नं.८ र ९ लाई हालको गाउँपालिकाको वडा नं. ४ कायम गरिएको छ । अधिकांश भूभाग भिरैभिर र जङ्रगल हेको यस वडामा घोरल ,रतुवा ,डाँफे ,मुनाल प्रशस्त मात्रामा पाइन्छन् । यस वडाको सिंगो लेकाली भूभाग ढोरपाटन वन्यजन्तु आरक्षभित्र परेकोले सोही ओगटिएको भूगोल वडाको क्षेत्रफलसँग जोडिएको छैन । यद्यपी ,वडाको स्थानीय अर्थत्रन्त्र र जनजीविका आरक्षित क्षेत्रसँग अन्योन्याश्रित छ ।
वडा नं.४ का प्रमुख पर्यटकीय गन्तव्य र आकर्षणहरु :

लिस्नी गल्छी :- स्थानीय घुन्मालीहरुले दोँसो च्योर्‍या भन्ने गरेको यस गल्छीमा दुई ठूला चट्टानलाई काठको फलेक झैं चिरेको देखिन्छ । गल्छीकै भएर लेकतर्फ गोठालाहरु आउजाउ गर्छन् । गलछी बाटोको एकछेउ भएर बहने सङ्लो खोलाले यसको चमक अझ बढाएको छ । ७०/७५ वर्षअघिसम्म यो बाटो भीटतर्फ नून लिन जाने ढाकरेहरुको चलनचल्तीको बाटो थियो । लिस्नी गल्छी आश्चर्य , अनौठो र बौतुहलपूर्ण छ।

घुन्मा खोला :- पुथा उत्तरगङ्गा गाउँपालिका सयौंको संख्यामा रहेका खोलाहरुमध्ये यो सबैभन्दा कञ्चन र सुकिलो भई बग्ने खोला हो । साउन भदौको भारी वर्षात्मा पनि यो खोला दही पोखाए जस्तै सफाचट्ट सेतो देखिनु नवआगन्तुकको लागि अनौठो छ ।

गुल्जा छहरा :- यस वडाकै सबैभन्दा अग्लो छहरा हो । पारिलो भिरको चट्टानबाट धारा जस्तै झर्ने यो छहरा निकै आकर्षक छ । पुस माघको सुख्खा याममा पनी यो छहरा छङछङ झरिरहेको देखिन्छ ।

रिक्या छहरा :- गुल्जा छहरादेखि माथिल्लो घाँटीमा अवस्थित छ । गुल्जाभन्दा केही सानो छ । गुल्जा र रिक्या दुवै लिस्नी गल्छीको बाटो लेकतर्फ लाग्दा देखिन्छ ।

Ward Contact Number: 
९८४७९३६२३४

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।